२०८२ जेठ १० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गोमेन्द्र बिर्ता मोडल स्कुलमा निर्वाचनमार्फत ‘क्याप्टेन’ छनोट


बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड ४ मा रहेको गोमेन्द्र बिर्ता मोडल स्कुलले स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ । चार सदनका प्रमुख, उपप्रमुख र स्कुल क्याप्टेन तथा साहयक क्याप्टेन विद्यार्थीहरूले शुक्रबार मतदान गरेर छनोट गरेका छन् ।

कक्षा ५ देखि कक्षा १० सम्मको निर्वाचनमार्फत क्याप्टेन छनोट गरिएको विद्यालयले जनाएको छ । विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि ४ वटा हाउसबाट एकजना क्याप्टेन, एकजना साहयक क्याप्टेन र स्कुल क्याप्टेन एकजना र एकजना साहयक गरी कुल १० जना छनोट गरेको हो ।

उनले छात्र र छात्रा गरी कुल ३३ जना उम्मेदवारले निर्वाचनमा भाग लिएको बताए । निर्वाचनमा २ सय ५२ जना विद्यार्थीले मतदान गरेका थिए ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका निर्देशक तथा सञ्चालक उत्तम खनालले बताए ।

विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जानकारी दिन पनि पहिलोपटक यो अभ्यासको थालनी गरिएको उनले जानकारी दिए ।

निर्वाचनबाट कक्षा १० को छात्रा रिप्लिका केसी १२९ मत ल्याउँदै विद्यालयको क्याप्टेन र साहयक क्याप्टेनमा कक्षा १० कै छात्र एलेक्स पोखरेल १०६ मत ल्याउँदै विजयी भए ।

निर्वाचनबाट रेड हाउस क्याप्टेन कक्षा ८ की आयुष्मा उप्रेती २१, भाइस क्याप्टेन अभिमन्यु आचार्य ४०, ब्लु हाउस क्याप्टेन कक्षा ९ ऋचा प्रसाईं ३४, भाइस क्याप्टेन कक्षा ७ डेनियल गुरुङ ३४, यल्लो हाउस क्याप्टेन कक्षा ९ प्रेरणा सापकोटा २३, कक्षा ७ को भाइस क्याप्टेन अपेक्षा यादव २१, ग्रिन हाउस क्याप्टेन कक्षा ९ अमूल्य कार्की १८, भाइस क्याप्टेन कक्षा ८ सिज्जल बुढाथोकीले ३७ मत ल्याउँदै विजयी भएका छन् ।

२०५३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरीदेखि १० कक्षा सम्म ६५० बढी विद्यार्थी रहेको सञ्चालक खनालले जानकारी दिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल