२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

सानो प्रयास युवा समाजद्वारा शव वाहन सञ्चालन


दमक, जेठ ११ । झापाको दमकमा सामाजिक सेवामा सक्रिय सानो प्रयास युवा समाजले आmप्नै लगानीमा शव वहान सेवा सञ्चालनमा ल्याएको छ । समाजले यसअघि दमकमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको छ ।

करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो ।

अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने समाजले जनाएको छ ।

संस्थाका अध्यक्ष छवि खतिवडाका अनुसार सञ्चालनमा ल्याइएको उक्त शव वहान ३० जना यात्रु अटाउन सक्ने क्षमताको रहेको छ, जुन अन्य शव वाहनको तुलनामा ठुलो क्षमताको हो ।

शव वाहनजस्तो संवेदनशील सेवामा सामाजिक उत्तरदायित्व महसुस गर्दै राहत प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

कोरोना महामारीको समयमा स्थापना भएको यो संस्था विभिन्न सामाजिक कार्यहरू, खाद्यान्न वितरण, झुल सहयोग, सरसफाइ अभियान, शैक्षिक सामग्री वितरण र निःशुल्क डेन्टल क्याम्पजस्ता कामहरू गर्दै आइरहेको छ ।

संस्थाले ‘टोल नगर हुँदै राष्ट्रसम्मको रुपान्तरणको निम्ति’ भन्ने मूलमन्त्रका साथ सामाजिक सेवामा आफ्नो सक्रियता बढाउँदै आएको छ ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल