२०८२ जेठ ११ आइतबार
Jhapa Today
Adv top

‘झापाका जेब्राक्रसको इन्जिनियरिङ नै गलत’


बिर्तामोड जेठ ११ । झापाका अधिकांश सडकमा बनाइएको जेब्राक्रसको इन्जिनियरिङ गलत भएकाले दुर्घटना बढिरहेको ट्राफिक प्रहरी प्रमुखले जिकिर गरेका छन् । मुख्य सहरमा बनाइएका जेब्राक्रस नै गलत ठाउँमा रहको उनको भनाइ छ ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापासँगको छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जेब्राक्रसको स्थान परिवर्तन गर्नुपर्ने बताए ।

‘एउटै चोकमा एक ठाउँ होल्ड भएको गाडी अर्कोपट्टि पुगेर फेरि जेब्रा क्रसका कारण रोकिनु परिरहेको छ’, प्रहरी निरीक्षक पौडेलले भने, ‘अब गाडी कहाँकहाँ रोक्ने त ?’

उनले बिर्तामोड मुक्तिचोक र आसपासमा जेब्राक्रसमा परिवर्तन ल्याउनुपर्ने बताए । त्यस्तै, मस्कट लगाएका अभियनकर्मीमार्फत ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको पौडेलले सुनाए ।

छलफलमा संघ कोशी प्रदेशका संस्थापक वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, सदस्य याम खड्का, झापाका अध्यक्ष जीवनकुमार खड्का, निवर्तमान उपाध्यक्ष प्रदिप खरेल लगायतले बिर्तामोडको पार्किङ समस्याका बारेमा सुझाव दिएका थिए ।

छलफलअघि संघले ट्राफिक प्रहरीलाई ५० थान लागुपदार्थ सेवन जाँच किट हस्तान्तरण गरेको थियो ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल