२०८२ जेठ १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राहत कोषमा संघकी सहकोषाध्यक्ष खत्रीको २१ हजार सहयोग


बिर्तामोड जेठ १३ । बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघ लाई २१ हजार रुपैयाँ प्रदान गरेकी छन् ।

संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि उनले २१ हजार रुपैयाँ प्रदान गरेकी हुन् । संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म २० लाख रुपैयाँ संकलन भएको छ ।

झापा–इलाममैत्री संघकी अध्यक्ष समेत रहेकी उनले संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमेरे ‘राजु’ लाई सो रकम प्रदान गरेकी थिइन् ।

कार्यक्रममा व्यवसायी तथा तिलोत्तमाका श्रीमान प्रमोद कार्की, महिला उद्यमी राधिका चुडाल हुमागाईं, झापा–इलाममैत्री संघका उपाध्यक्ष नरेश कर्मचार्य, बितामोड नगर अध्यक्ष अञ्जु लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच, संघले कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै कदरपत्रद्वारा खत्री दम्पत्तीलाई सम्मान गरेको छ । समारोहमा संघका उपाध्यक्ष विशाल थापा, जीवनकुमार खड्का, महिला उद्यमी समूहकी अध्यक्ष राधिका हुमागाईंलगायतले जन्मदिनको अवसरमा शुभकामना राखेका थिए ।

बिर्तामोड उद्योग वाािण्ज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्षअघि कोष स्थापना गरेको र सो कोषमा आफूले समेत रकम जम्मा गर्न पाउँदा खुसी लागेको सहकोषाध्यक्ष खत्रीको भनाइ छ ।

Adv footer