
बिर्तामोड जेठ १४ । क्यान्सर रोगबाट मुक्त भएकी झापा कनकाईकाी नमिता बस्नेतले १४ दिनमा मेचीदेखि महाकालीसम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् ।

झापाको कनकाई–३ सुरुङ्गा निवासी नमिताले २०७७ सालमा घाँटीमा क्यान्सर देखिएपछि सफल उपचार गराएकी थिइन् । उनले ’मुस्कुराउँछ नयाँ जीवन’ नारासहित गरिएको यात्रामा दैनिक १५० किलोमिटरसम्मको साइकल यात्रा गरिन् ।

२०८१ चैत ३० गते हनुमान जयन्तीको दिन मेची पुलबाट यात्रा थालेकी उनले २०८२ बैशाख १२ गते महाकाली पुगेर यात्राको समापन गरिन् ।

तेक्वान्दो ब्ल्याक बेल्टधारी र सामाजिक अभियन्ता बस्नेत अहिले बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा काउन्सिलरको रूपमा कार्यरत छिन् । क्यान्सर सचेतना फैलाउने अभियानमा सक्रिय उनी योग प्रशिक्षकसमेत हुन् ।

नमिताले साइकल यात्रामा कनकाई नगरपालिकासहित विभिन्न संघसंस्थाबाट सहयोग पाएको बताउँदै क्यान्सर भएका बिरामीहरूलाई नआत्तिन र आशावादी बन्न सन्देश दिएकी छन् ।