२०८२ जेठ १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रेस क्लबले गरिदियो बुद्धशान्तिका पत्रकारको दुर्घटना बीमा


बुद्धशान्ति, जेठ १४ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।

प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले जानकारी दिए ।

प्रेस क्लबको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष नवीकरण हुनेगरी २० लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरिएको हो ।

उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भए पनि न्यूनीकरण गर्न दुर्घटना बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।

बीमाका लागि सेवाप्रदायक विभिन्न कम्पनीहरुसँग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी सोहीमार्फत बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताए ।

बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसँगै बीमा समेत लागु भएको छ ।

Adv footer