२०८२ जेठ १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धाइजनमा ट्रकले ठक्कर दिँदा बुद्धशान्तिकी दनुवार घाइते


मेचीनगर, जेठ १४ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेकी एकजना युवती गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा झापा बुद्धशान्ति-५ बस्ने २२ वर्षीया आकृति दनुवार रहेकी छन् । ट्रकले उनको कम्मरमाथि पेलेको बताइएको छ । घाइतेलाई बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

हिजो बिहान मेचीनगर-१४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ५१५२ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रकले साइडबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी दनुवार घाइते भएकी हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-१० बस्ने २९ वर्षीय राहुल गुप्तालाई केही नभएको प्रहीको भनाइ छ । मोटरसाइकल, ट्रक र ट्रक चालक बिर्तामोड-३ बस्ने ३४ वर्षीय विजय लिम्बू प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका छन् ।

Adv footer