
बिर्तामोड, जेठ १५ । झापाका तीनजनासहित पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सातजना अग्रज पत्रकारलाई कोशी प्रदेश सरकारले सम्मान गरेको छ ।
उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसर पारेर आज एक कार्यक्रमका बीच जनही १ लाख नगदसहित सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने छन् । त्यस्तै, सुनसरीकी यशोदा सेने, धनकुटाका राजेश्वरमान श्रेष्ठ, मोरङका मनोज दाहाल र मोहम्मद सदरुल छन् ।
पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनका लागि २० वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता क्षेत्रमा रहेकाहरूलाई सम्मान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।