२०८२ जेठ १७ शनिबार
Jhapa Today
Adv top

रेलमार्गको काँकरभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने


बिर्तामोड, जेठ १५ । झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ ।

बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्षअघि रेखाङ्कन गरि निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।

जग्गाधनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए । मुआब्जा वितरण गर्न नसकेको सरकारले रोक्का फुकुवा गर्ने घोषणा गरेको हो ।

२०७७ जेठ २४ गतेदेखि रोक्का राखिएको रेलमार्गको जग्गाको मुआब्जा दिन नसक्ने भए पछि सरकारले जग्गा फुकुवा गर्ने निर्णय गरेको हो ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल