
बिर्तामोड, जेठ १७ । मनसुन सुरु हुनु दुई दिनअघि परेको भारी वर्षाका कारण आएको बाढीले झापा गाउँपालिकाको मकैबालीका क्षति पुगेको छ ।
प्रिमनसुनको वर्षाले माई खोलाको बाढीको बहाव बढेर झापा गाउँपालिकाको बस्तीमा पसेको छ । हिजो राति परेको हावासहितको पानीले माई खोलामा बाढी आएको हो ।
बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ । झापा गाउँपालिकाको वडा नम्बर २ का सुगाबथान, कुवारी, मिलनबस्तीलगायतका बस्तीमा माई खोलाको पानी पसेको हो ।
बस्तीमा झन्डै एक फुट पानी पसेको स्थानीयबासी झपटलाल राजवंशीले झापा टुडेलाई जानकारी दिए । खोलाको पानी बस्तीमा पसेपछि गाउँलेहरु बाटोमा भेला हुन थालेका छन् ।