
बिर्तामोड, जेठ १७ । हिजो राति परेको पानीले झापाका अधिकांश नदीमा बाढी आएको छ । कालीखोलामा बाढी आउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको छ । हाइवे बन्द भएपछि वैकल्पिक बाटो प्रयोग भइरहेको छ ।
वर्षाको कारण मेचीनगर-६ कालीखोलाको डाइभर्सन बगाएको छ । पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ ।
डाइभर्सन बगाएपछि पश्चिमपट्टि कालीखोला, शान्तिगाउँ, वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक बाटो प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।