
बिर्तामोड, जेठ १७ । झापाको मेचीनगर नगरपालिकामा रहेको सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेचीनगर-१ सुनारे टोलस्थित नहरमा डुब्दा इलामको रोङ गाउँपालिका-७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको मृत्यु भएको हो ।

तामाङको शव नहरको ढोकामा घोप्टो परेर अड्किरहेको अवस्थामा आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


सिद्धिखोलाबाट मेचीनगर २ भृकुटीसम्म सिँचाइको लागि लगिएको नहरमा तामाङको शव भेटिएको हो । शव देखेपछि स्थानीयबासीले प्रहरी चौकी तिरिङखोलामा जानकारी गराएको थियो ।
