२०८२ जेठ १९ सोमबार
Jhapa Today
Adv top

आदर्श सामुदायिक प्रहरीको अध्यक्षमा दाहाल


बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन् ।

आज सम्पन्न साधारणसभा एवम अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली, सहसचिवमा चन्द्रप्रसाद गिरी र कोषाध्यक्षमा एलिजा सिटौला निर्वाचित भएका छन् ।

समितिको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रतिनिधि रहने प्रावधान रहेको छ ।

त्यस्तै, सदस्यहरूमा डिल्लीमाया आचार्य, रेणुका आचार्य, गोविन्द धिमाल, हर्कजङ्ग लिम्बू, सोवित प्रसाईं, जीवन सुवेदी, मानबहादुर कार्की रहेको निर्वाचन समितिका संयोजक राजेन्द्र चौलागाईंले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष दाहाललाई निवर्तमान अध्यक्ष पदमप्रसाद प्रसाईंले माइन्युट दिएर पद हस्तान्तरण गरेका थिए ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनामको प्रमुख आतिथ्यमा भएको साधारणसभामा अर्जुनधारा नगरपालिकाका पूर्वप्रमुख हरिकुमार राना, प्रमुख सल्लाहकार हर्कलाल गिरी, चैतन्यप्रकाश मैनाली, राजेन्द्रकुमार थापा, पूर्वसांसद हरिचरण शिवाकोटी, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं ,प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल