
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा रहेको मेची आई एन्ड एस्थेटिक अस्पतालका नाममा भारतको असममा आँखा उपचारको नाममा भ्रम छरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
असम काउन्सिल अफ मेडिकलको लुटपाट विरोधी तथा सतर्कता संस्थाले मेची आई एन्ड एस्थेटिक अस्पतालको ब्यानरमा आँखा उपचार शिविर सञ्चालन गर्न असमका विभिन्न ठाउँमा पुगेका भनिएका उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपालमा आँखा हेरचाहको सुविधाहरूबारे दुई वर्षदेखि बारपेटा रोड, नागाउँ र गुवाहाटी (गीता मन्दिर र सिलपुखुरी क्षेत्रहरूमा) उनीहरुले गतिविधि गर्दै आएको जनाइएको छ ।