२०८२ जेठ २२ बिहीबार
Jhapa Today
Adv top

रतुवामाई जंगलमा करेन्ट लागेर हात्तीको मृत्यु


बिर्तामोड, जेठ २० । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ ।

हिजो राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खसेर हात्तीको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए ।

उनका अनुसार करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्था छ । मरेको हात्तीको व्यवस्थापनका लागि सब डिभिजन वन कार्यालय चुलाचुलीबाट प्राविधिक टोली खटिइसकेका छन् ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल