
दमक, जेठ २२ । झापाको दमकमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पूर्वपश्चिम रारजमार्गको दमक पशुशाट डाँडामा हिजो राति ७ः२० बजे दमकबाट केर्खातर्फ जाँदै गरेको मे. १ ख ३०२७ नम्बरको बसले ठक्कर दिँदा दमक-४ का मिलन थापाको मृत्यु भएको हो ।

केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–०५२ प २२११ नम्बरको मोटरसाइकलका चालक रहेका ३६ वर्षीय थापा बससँग जुध्न गई गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ८ः४० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस चालक गौरादह-४ बस्ने ३२ वर्षीय सरकार टुडू र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।