२०८२ जेठ २३ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा शृंखलाबद्ध चोरीमा संलग्न एक चोरसहित तीनजना पक्राउ


बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोड प्रहरीले पाँचौँपटक चोरी भएपछि मात्र शृंखलाबद्ध चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । बिर्तामोडमा एक महिनाको अवधिमा पाँचवटा घरमा चोरी भएको छ ।

पक्राउ परेकामध्ये एकजना चोरीमा प्रत्यक्ष संलग्न हुन् भने अरु दुईजना चोरी गहना खरिद गर्ने व्यक्ति हुन् । करिब एक महिनाअघि बिर्तामोड-४ की कमला कार्कीको घरबाट धनमाल चोर्ने र गहना किन्ने पक्राउ परेका हुन् ।

प्रहरीले शंकाको घरामा रहेका बिर्तामोड-७ का २७ वर्षीय दिपेश खवासलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चा फुटाएर सुनको गहना चोरी गरेको स्वीकार गरेका थिए ।

त्यस्तै, सो गहना बिर्तामोड-४ का ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको खवासले बताएका थिए । त्यसपछि चौधरीलाई सोधपुछ गर्दा उनले खवाससँग खरिद गरेको गहना मेचीनगर-१० धुलाबारीका ३३ वर्षीय आशीष श्रापलाई बिक्री गरेको खुलेको थियो ।

श्रापले सञ्चालन गर्दै आएको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाइन्ट सुन भेटिएको परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

गत बैशाख १५ गते दिउँसो १ः३० बजे कार्कीको घरबाट ढिका सुन–५ तोला, आठ तोला आठ आनी सुनबाट तयार गरिएको सुनको गहना गरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

चोरीपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले घटनाको अनुसन्धान थालेको थियो । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको छ । चोरीका अन्य घटनाका बारेमा पनि खोजी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

बिर्तामोडमा पछिल्लो एक महिनामा पाँचवटा घरबाट गहना र नगद चोरी भएको छ । एक करोड रुपैयाँभन्दा बढीको धनमाल चोरी भइसक्दा बल्ल प्रहरीले चोर समातेको हो ।

Adv footer