
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा एकजना वृद्धको बाथरुममा चिप्लिएर मृत्युु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कमल–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल रहेका छन् । पौडेल जेठ १०गते शनिबार आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर घाईते भएका उनलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपछि थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो ।

आज दिउँसो १२ः१८ बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।






