२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा कट्टेलले हाने आफ्नै शरीरमा चक्कु


बिर्तामोड, जेठ २४ । आफ्नै शरीरमा चक्कु हानेर घाइते बनाएका झापाको बुद्धशान्तिका एक व्यक्तिलाई उपचारका लागि बुधबारे ल्याइएको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ साधुकुटीका ५३ वर्षीय टंकनाथ कट्टेलले आफ्नै शरीरमा चक्कु प्रकार गरी घाइते बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

हिजो दिउँसो अन्दाजी ३ बजे कट्टेलले धारिलो हतियार चक्कुले आफ्नै शरीरको दुबै हात, दुबै खुट्टा र पेटमा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

घाइते कट्टेलको बुधबारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले घटनाबारे बुझिरहेको प्रहरीले जनाएको छ ।

कट्टेलले विगत लामो समयदेखि अत्यधिक मादक पदार्थ सेवन गरी परिवारसँग झगडा गरिरहने बुझिएको छ । उनले चक्कु हान्दा पनि मदिरा पिएको बताइएको छ ।

Adv footer