बिर्तामोड, जेठ २४ । झापाको बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु भएपछि माइती पक्षले अन्त्येष्टि गर्न रोकेका छन् । दुई पक्षबीच विवाद भएको छ ।

बुद्धशान्ति-४ बर्नेडाँडा बस्ने मन्दिप राईकी श्रीमती २६ वर्षीया मनिषा निरौला आफ्नै घरमा सुतिरहेको अवस्थामा हिजो दिउँसो ४ बजे सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् ।

आज बिहान श्रीमान मन्दिपले अन्त्येष्टिका लागि लैजान खोज्दा माइती पक्षले विवाद गरी अन्त्येष्टि गर्न नदिएका हुन् ।

घटनास्थललाई इलाका प्रहरी कार्यालय बुधबारेले सुरक्षित राखेको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीले सम्झाइबुझाई विवाद साम्य बनाएको छ ।

माइती पक्षले शंकास्पद मृत्यु भएको बताएका कारण मनिषाको शवलाई पोस्टमार्टमको लागि विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मनिषालाई केही दिनदेखि ज्वरो आएको बताइएको छ । मनिषाले मन्दिपसँग दोस्रो विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।