
बिर्तामोड, जेठ २६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा ले विभिन्न सातवटा उपसमिति गठन गरेको छ ।

आज बिर्तामोडमा बसेको बैठकले प्राज्ञिक सल्लाहकार समिति गठन गरेको छ । मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतबहादुर बुढाथोकी, अखिल कोइराला, जर्नादन ढकाल र हरि अधिकारी सदस्य छन् ।

त्यस्तै, हरिकृष्ण पाठकको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको छ । सदस्यहरुमा याम दंगाल, बदीराम राई, अनुप रोय, जर्नादन मैनाली, मिलन श्रेष्ठ, समीक्षा गौतम रहेका छन् । समितिले पालिका तथा जिल्लास्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्नेछ ।

लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा इसिए उपसमिति गठन भएको छ । समितिमा टेकनाथ तिम्सिना र धनप्रसाद राजवंशी सदस्य रहेका छन् ।

अमृतकुमार तिम्सिनाको संयोजकत्वमा खेलकुद उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा विक्रम क्षेत्री, विनोद उप्रेती, दिपक संग्रौला, गणेश श्रेष्ठ, विनोद बुढाथोकी, सीताराम बराल, लीलामणि राई र कल्पना थापा छन् ।

जीवन शिवाकोटीको संयोजकत्वमा तालिम उपसमिति गठन भएको छ । समितिको सदस्यहरुमा भवानीप्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल, डम्बरु रुचाल रहेका छन् ।

भीम विजय बास्तोलाको संयोजकत्वमा लेखा उपसमिति गठन भएको छ । सदस्यमा गोकुल उप्रेती र प्रमिला बजगाईं रहेका छन् ।
विनोद सुब्बाको संयोजकत्वमा विवाद समाधान उपसमिति गठन भएको छ । सदस्यमा तिलक पाख्रिन, रामप्रसाद सुहाङ, रुद्र सिटौला, भोजबहादुर कार्की, विष्णु सापकोटा र मोहन थापा रहेका छन् ।
यसअघि प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय सचिवालय, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चार उपसमिति गठन भएको थियो ।
प्याब्सन झापाले हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा पालिकास्तरीय ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।
सामाजिक कार्यमा ‘संस्थागत विद्यालय’ र ‘विपदमा प्याब्सन’ भन्ने नारासहित अति विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण लगायतका काम गर्दै आएको छ ।
यसैबीच, संस्थाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड-१ मा रहेको एकतल्ले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिले भवन निर्माणको काम तत्कालै सुरु गर्ने जनाइएको छ ।