
बिर्तामोड, जेठ २६ । यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्रि बाइ थ्रि बास्केटबलको छात्रतर्फको उपाधि कोशी प्रदेशले जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७-१२ को स्कोरमा हरायो । लुम्बिनी तेस्रो स्थानमा रह्यो ।

छात्रातर्फ बागमतीले कर्णालीलाई १५–३ को अत्यन्त सहज नतिजामा हरायो । कोशीले तेस्रो स्थानमा चित्त बुझायो । फाइनल खेल एकपक्षीय बन्यो ।

विजेतालाई राखेप कार्यकारी समितिकी सदस्य एवम् प्रतियोगिता संयोजक रञ्जना प्रधान, विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत प्रदान गरे ।

प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ सातै प्रदेशको सहभागिता रहेको थियो ।
