२०८२ जेठ २७ मंगलबार
Jhapa Today
Adv top

सहकारी प्रमुख पौडललाई धम्क्याउने बुद्धशान्तिका क्षेत्री पक्राउ


बिर्तामोड, जेठ २६ । झापा बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडललाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ऋण नतिरेर सहकारी प्रमुख पौडेललाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साविक बुधबारे ६ हाल बिर्तामोड १ मा बस्दै आएका क्षेत्रीलाई पक्राउ गरेको हो ।

बिर्तामोडका डिएसपी विजय श्रेष्ठका अनुसार क्षेत्रीले चार दिनअघि पौडेललाई फोन गरेर घरमै आएर ज्यान मार्ने धम्की दिएका थिए । घटनापछि भोलिपल्ट संस्थाले पत्रकार सम्मेलन गरेर घटनाको जानकारी गराएको थियो ।

क्षेत्रीले संस्थाबाट २०७७ साल चैत २ गते २५ लाख रुपैयाँ ऋण लगेका थिए । सो रकमको साँवाको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैयाँ ऋण पुगेको छ ।

सोही ऋणको ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेल घरमा जाँदा हतियार निकालेर धाकधम्की दिएका थिए ।

त्यसपछि संस्थाले कानुनी बाटोबाट जाने जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

क्षेत्रीले धम्क्याएपछि पौडेलले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएका थिए ।

Adv footer