२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

गायिका रचना अचानक सिकिस्त, हेलिकप्टरबाट लगियो काठमाडौँ


बिर्तामोड, जेठ २७ । अहिलेकी लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान काठमाडौाको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

पेट दुख्ने गुनासो गरेपछि उनको अवस्था गम्भीर हुँदै गएको थियो । पछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रुकुम पश्चिमबाट सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो ।

त्यहाँबाट बिहानै उनलाई काठमाडौँ लगिएको हो । रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन् ।

उनले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, बेलटापुमा सञ्चालन भइरहेको एक सांगीतिक महोत्सवमा मंगलबार प्रस्तुति दिने तयारी गरिरहेकी थिइन् ।

तर, बिहानै अचानक बिरामी भएपछि उनको प्रस्तुति रद्द गरिएको थियो । रिमाल झापा भद्रपुरकी स्थायी बासिन्दा हुन् ।

Adv footer