२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

संस्थागत विद्यालय क्लस्टर भद्रपुरद्वारा सामुदायिकका विद्यार्थीलाई ब्याग प्रदान


भद्रपुर, जेठ २७ । भद्रपुरमा रहेका संस्थागत विद्यालयहरुको साझा संस्था संस्थागत विद्यालय क्लस्टर भद्रपुरले एक सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ ।

आज एक कार्यक्रमका बीच भद्रपुर-७ महेशपुरस्थित सरस्वती चोकमा रहेको सरस्वती विद्या मन्दिर प्राविका विद्यार्थीहरुलाई संस्थागत विद्यालय क्लस्टरले ब्याग प्रदान गरेको हो ।

संस्थागत विद्यालय क्लस्टर भद्रपुरको सदस्य विद्यालय ग्रिन फिल्ड इङलिस स्कुलका प्रिन्सिपल सन्देश राईका अनुसार समुदायलाई सहयोग गर्दै शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसाथ ब्याग वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका सन्तान पढ्दै आएको सो विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको राईले बताए ।

क्लस्टरको सदस्य विद्यालय नेश्नल मेरिगोल्ड इङलिस स्कुलका प्रिन्सिपल घनश्याम राईको संयोजकत्वमा भएको ब्याग वितरण कार्यक्रममा सदस्य विद्यालय प्रज्ञा एकेडेमीका प्रिन्सिपल इशुभ पाण्डेले औचित्यमाथि प्रकाश पारेका थिए ।

भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भद्रपुर-७ क वडा अध्यक्ष अभिषेक ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

Adv footer