२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

कोशी प्रदेशको बजेटः झापाका परे ८ हजार ९६९ योजना


बिर्तामोड, जेठ २८ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउँदैछ । सरकारले जेठ ३० गते प्रदेशको आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । जसका लागि प्रदेशसभाको बैठक ३० गते दिउँसोका लागि बोलाइएको छ ।

कुन जिल्लामा कति योजना ?

प्रदेश योजना आयोगका उपसचिव कृष्णकुमार न्यौपानेका अनुसार योजना बैंकमा सबैभन्दा बढी झापाबाट परेको छ । झापाबाट ८ हजार ९६९ योजना परेका छन् ।

त्यस्तै, मोरङबाट ६ हजार ७२४, सुनसरीबाट ४ हजार ५६९, इलामबाट ४ हजार २११, खोटाङबाट ३ हजार २६७, ओखलढुङ्गाबाट २ हजार ७८, पाँचथरबाट २ हजार १७१, सङ्खुवासभाबाट २ हजार ८२ योजना परेका छन् ।

त्यस्तै, सोलुखुम्बुबाट १ हजार ५६, ताप्लेजुङबाट १ हजार ६२८, तेह्रथुमबाट १ हजार ४११, उदयपुरबाट ३ हजार ७४५, भोजपुरबाट १ हजार ७२४, धनकुटाबाट १ हजार ९९८ वटा योजना परेका छन् ।

त्यस्तै, मुख्यमन्त्री कार्यालयले १३ वटा योजना इन्ट्री गर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले २२ हजार ८५२, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट १० हजार ११३, सामाजिक विकास मन्त्रालयबाट ८ हजार ३२, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४ हजार ८२५ वटा योजना समावेश भएको छ ।

अन्य मन्त्रालयहरू आर्थिक मामिलाबाट २६७, उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट १२० र स्वास्थ्य मन्त्रालयबाट ६७६ वटा योजना योजना बैंकमा समावेश भएका छन् ।

कोशी प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई जनही २ करोड ५० लाख र समानुपातिक सांसदका लागि जनही १ करोड ५० लाखको दरले थप योजना पेस गर्न बजेटको सिलिङ दिएको छ ।

सो रकम बराबरका आफ्ना योजनाहरू सांसदहरूले योजना बैंकमा समावेश गरिसकेका छन् । कोशी प्रदेशमा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद छन् ।

Adv footer