
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको निदि माध्यमिक विद्यालयले निर्वाचनमार्फत क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ ।

निर्वाचन परिणामअनुसार स्कुल क्याप्टेनमा रिदिमा थापा ३३१ मतसहित निर्वाचित भएकी छन् भने भाइस क्याप्टेनमा हन्सिका चौधरी २९३ मतसहित निर्वाचित भएकी छन् ।

विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले झापाको बिर्तामोड–२ रामचोकमा रहेको निदिले आज स्कुल क्याप्टेन र भाइस क्याप्टेनसहित चारवटा सदनको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरेको हो ।

त्यस्तै, रेड हाउस क्याप्टेनमा आसिफ आलम ५३ मत, भाइस क्याप्टेनमा अंशु लिम्बू ४० मत, ब्लु हाउस क्याप्टेनमा जीवन बास्कोटा ८१ मत, भाइस क्याप्टेनमा आयुष सजाम ५९ मतका साथ विजयी भए ।

त्यस्तै, ग्रिन हाउस क्याप्टेनमा सुजेश शिवाकोटी ३६ मत, भाइस क्याप्टेनमा सम्पदा मैनाली ४० मत, यल्लो हाउस क्याप्टेनमा विकेश राजवंशी ३६ मत र भाइस क्याप्टेनमा अनुजा कडरिया ७८ मतसहित निर्वाचित भएको निर्वाचन आयुक्त शरद घिमिरेले जानकारी दिए ।

लोकतान्त्रि प्रणालीअन्तर्गत संघ, प्रदेश र स्थानीयसहित तीनै तहको निर्वाचनका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन गराइएको प्रिन्सिपल भीष्म प्रसाईंले बताए ।

उम्मेदवारी घोषणा, दाबी विरोध, निर्वाचन प्रचारप्रसार, मतदातासँग भोट माग्नेलगायतका सबै प्रक्रिया पूरा गरेर निर्वाचन गराइएको विद्यालयले जनाएको छ ।
विद्यालयले चार वर्षदेखि क्याप्टेन र भाइस क्याप्टेनको चयन निर्वाचनमार्फत गराउँदै आएको छ । निर्वाचन समिति सदस्यमा शिक्षक पवन शिवाकोटी, ज्योति रिजाल, प्रणीता खड्का, घनश्याम पौडेल रहेका थिए ।
२०७१ सालमा स्थापना भएको बिद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म एक हजार ३९ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रिन्सिपल प्रसाईंले जानकारी दिए ।
उनका अनुसार कक्षा ११ र १२ मा एक हजार ११५ जना र बिबिएसमा ४०० जना विद्यार्थी अध्ययनरत रहेका छन् । निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ६४५ जना मतदाता रहेका मध्ये ५३१ मत खसेको थियो ।