
बिर्तामोड, असार १ । झापा मेचीनगरका कवि वैरागी काइँलालाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गरिने निर्णय गरेको छ ।


नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जिबिएलओको तीन दिने सम्मेलनले उनलाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।


नेदरल्यान्डको द हेगमा जिबिएलओको छैटौँ विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्यान्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।

सम्मेलनमा बेल्जियम, बेलायत, स्लोभानिया, फ्रान्स, नर्वे, पोल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड, अमेरिका, नेदरल्यान्ड लगायत मुलुकका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।
