२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

इलाममा पिकअप भेन खस्दा अर्जुनधाराका पराजुलीको मृत्यु, दुईजना घाइते


बिर्तामोड, असार २ । झापाको बिर्तामोडबाट इलाम जाँदै गरेको पिकअप भेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भेन खस्दा अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा गाडी मालिक विष्णु पराजुलीको रहेका छन् । झापा अर्जुनधारास्थित खुदुनाबारी घर भएका उनी इलाम देउमाई-९ नवमी बजारमा व्यवसाय गर्दै आएका थिए ।

प्रहरीका अनुसार ३८ वर्षीय पराजुलीको घटनास्थलमै मृत्यु भएको हो । उनी गाडीबाट उछिट्टएर ढसंगामा बजारिएको बताइएको छ ।

त्यस्तै, दुर्घटनामा गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई-९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खाद्य सामग्री लिएर बिर्तामोडबाट इलामको देउमाई जाँदै गरेको प्रदेश १–०१–००१ च ९७७८ नम्बरको पिकअप इलाम ११ सोयाकको आहालेमा दुर्घटना भएको हो ।

हिजो साँझ ७ बजे सोे पिकअप गाडी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो ।

Adv footer