
बिर्तामोड, असार २ । झापाको कचनकवलमा सञ्चालित इँटा उद्योगहरूले स्थानीय सरकारलाई कर तिर्न अटेर गरिरहेको पाइएको छ ।

खेतीयोग्य जमिन जथाभावी दोहन गरी माटो उत्खनन गरिरहेका कचाकवलका चारवटा इँटा उद्योगले कत तिर्न अटेर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएका छन् ।

गाउँपालिकाको विभिन्न वर्षको आर्थिक ऐनमा इँटाभट्टालाई तोकिएको दरमा कर लगाई असुल उपर गरिने उल्लेख छ । तोकिएको दरमा कर भुक्तानी दिने तथा असुल गर्ने दुवै पक्षको कर्तव्य तथा दायित्व रहन्छ ।

कर नतिर्ने उद्योगहरुमा चण्डी इँटा, प्रेम इँटा, स्टार इँटा र एसआइभीका दुई चिम्नी रहेका छन् । लेखा परीक्षणको क्रममा ती उद्योगहरुले ४४ हजारका दर कर तिर्न बाँकी छ ।

बक्यौता रकममा पालिकाको आर्थिक ऐनहरूले तोकेको जरिवानासमेत गणना गरी असुल उपर गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८/०८१ को प्रतिवेदनमा उल्लेख गरेको छ ।
