२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

रकम ठगीको आरोपमा भद्रपुरका सुवेदीसहित दुईजना पक्राउ


बिर्तामोड, असार २ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को ब्रिजेश सुवेदी र कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ– ११ बस्ने ३५ वर्षीया दिपा शर्मा रहेका छन् ।

दिपा शर्माले क्यानडा पठाउने भन्दै पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

त्यस्तै, ब्रिजेशले बेलायत पठाइदिने भनी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

रकम लिएर लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

Adv footer