
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा पहिचान खुल्न नसकेको शव भेटिएको प्रहरीले जनाएको छ । सो शव पुरुषको भएको र नांगो अवस्थामा रहेको छ ।

अन्दाजी ६० वर्षको पुरुष नांगो अवस्थाको शव बिर्तामोड-१ स्थित हिरो मोटरसाइकल सोरुमको अगाडि पेटीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शवको हुलिया हेर्दा तराई मधेसी मुलको जस्तो देखिएको छ । ती व्यक्तिलाई स्थानीयले मागेर हिँडेको देखेका बताएका छन् ।

मृतकको पहिचान खुलाउने र अन्य कानुनी प्रक्रिया भइरहेको प्रहरीको भनाइ छ । डेढ वर्षअघि पनि सोही ठाउँमा नालामा एकजना मगन्ते पुरुषको शव भेटिएको थियो ।
