२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

मेचीगनरमा हात्तीको मृत भेटियो


मेचीनगर, असार २ । झापाको मेचीनगरमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । स्थानीय एकजना कृषकको बारीमा हात्तीको शव भेटिएको हो ।

आज बिहान अन्दाजी ९ः४५ बजे मेचीनगर-१ कोसेली चोकस्थित लीलाप्रकाश रिजालको मकैबारीमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पोथी हात्तीको मत्युको कारण भने खुल्न सकेको छैन । हात्तीको दाह्रा काटिएको जस्तो देखिएको स्थानीयबासीको भनाइ छ ।

आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापाको टोली चन्द्रगढीबाट घटनास्थल पुगेको प्रहरीले जनाइएको छ ।

Adv footer