
भद्रपुर, असार २ । झापामा पहिलोपल्ट साइकल क्लब दर्ता भएको छ । जिल्लामा एक दर्जनको हाराहारीमा साइकल क्लब भए पनि दर्ता भने भएका थिएनन् ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार पहिलो साइकल क्लबका रुपमा भद्रपुर साइकल समाज दर्ता भएको हो ।

भद्रपुरमा पहिलोपटक साइकल राइडरहरुको क्लब भद्रपुर साइकल समाजले आधिकारिता पाएको अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।

भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा गठन भएको भद्रपुर साइकल समाज जेठ १ गते गठन भएको थियो ।

समितिमा जितु शर्मा उपाध्यक्ष, प्रवेश न्यौपाने सचिव, देवीबहादुर श्रेष्ठ कोषाध्यक्ष र सदस्यहरुमा वनेमहाङ योङहाङ, युवराज लावती, मुकेशकुमार दाहाल तथा उज्ज्वल श्रेष्ठ छन् ।

समाज दर्तासँगै प्रमुख जिल्ला अधिकारी गोपालप्रसद अधिकारी र अधिकृत यदुनन्दन दाहालले अध्यक्ष श्रेष्ठलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

भद्रपुर झापा गोल्डकपका महासचिव रहेका श्रेष्ठ कबड्डीबाट एसियाडमा सहभागी खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुदमा पनि सहभागिता जनाएका छन् ।