
मेचीनगर, असार ३ । नाबालिकालाई जबरजस्ती करणी गरेर भागेका मेचीनगरका एक युवा धुलाबारीमा पक्राउ परेका छन् ।

जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति वडा नं.४ मंगलबारेमा १६ वर्षीया नाबालिका ललाई फकाई जबरजस्ती करणी गरेर फरार झापा मेचीनगर ४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका हुन्।

हिजो बिहान ९ बजे धुलाबारी बजारमा हिडिराखेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र अस्थायी प्रहरी पोष्ट मंगलबारेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।
