२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

मेची क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी


बिर्तामोड, असार ४ । क्रिकेट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन वञ्चित गरेको भन्दै भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

बिबिएमा अध्ययनरत क्रिकेट खेलाडीहरूले तीन बुँदे माग राख्दै क्याम्पसका सहायह प्रमुख तथा लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रशासन पक्षले यही असार १६ गतेदेखि काठमाडौँमा हुने बिबिए कप क्रिकेटमा मेची क्याम्पसको टिमलाई खेल्न पाउने अधिकारबाट वञ्चित गराउन खोजिएको खेलाडी विद्यार्थीले जनाएका छन् ।

त्यस्तै, त्यसको प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने र बिबिए संकायका विद्यार्थीहरूले खेल शीर्षकमा तिरेको प्रतिसेमेस्टर ८०० रुपैयाँ लिने आधार एवम् उक्त शीर्षकको आयव्यय विवरण विद्यार्थीले माग गरेका छन् ।

Adv footer