
बिर्तामोड, असार ५ । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

आज आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी र व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीलाई पोसाक हस्तान्तरण गरिन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा अध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष टंक खनाल, समाजसेवी डिल्लीराम सिटौला लगायतको उपस्थिति रहेको थियो ।
