२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडको हाजिरी जवाफमा महेन्द्ररत्न मावि प्रथम


बिर्तामोड, असार ६ । बिर्तामोड नगरपालिकामा रहेका विद्यालयहरुबीचको हाजिरी जवाफ प्रतियोगितामा विर्ता बजारको महेन्द्ररत्न माध्यमिक विद्यालय प्रथम भएको छ ।

नगरपालिकाको सामाजिक विषय समितिले आयोजना गरेको प्रतियोगितामा महेन्द्ररत्न माविका युना खरेल, दिव्य भट्टराई र केशिका आचार्य सहभागी भएको प्रधानाध्यापक खड्ग खरेलले बताए ।

माध्यमिक तह (कक्षा ९–१०) को सो हाजिरीजवाफ प्रतियोगितामा मोहनमाया मावि दोस्रो र सरस्वती मावि तेस्रो भए ।

प्रतियोगिताअन्तर्गत वस्तुगत परीक्षा र हाजिरी जवाफ गरी दुई चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा बिर्तामोडका १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । विजेतालाई शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

Adv footer