
बिर्तामोड, असार ६ । नेपालमा लोकप्रिय टिभिएसको बाइक र स्कुटर प्रेमीहरूलाई लक्षित गर्दै झापाको बिर्तामोडमा ‘मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया’ हुने भएको छ ।


बिर्तामोडमा रहेको टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकमा यही असार ८ गते देखि १३ गतेसम्म ‘मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया’ हुन लागेको सञ्चालक सजेश शिवाकोटीले बताए ।

अर्का सञ्चालक याम कार्कीका अनुसार छ दिनसम्म सञ्चालन हुने मेनियामा पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक किन्न चाहने ग्राहकहरूले ठुलो फाइदा लिन सक्ने छन् ।

‘मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया’ मा ८ हजार रुपैयाँसम्मको क्यास डिस्काउन्ट, ०% ब्याजदर, १० हजार रुपैयाँसम्मको भ्यालु एडिसन, रोड ट्याक्समा लाइफटाइम छुटको व्यवस्था छ ।
त्यस्तै, नयाँ बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि हेलमेट, बाइक कभरलगायतका विभिन्न एक्सेसरीहरू निःशुल्क उपलब्ध हुनेछ पाथिभरा अटो लिंकले जनाएको छ ।

