२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापा गाउँपालिकाको गाउँसभा सुरु


बिर्तामोड, असार ७ । झापाको झापा गाउँपालिकाको अठारौँ गाउँसभा सुरु भएको छ । गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नवौँ वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ ।

आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले प्रस्तुत गरेकी थिइन् ।

झापा गाउँपालिकाले तयार गरेको प्रतिवेदनउपर प्रतिक्रिया दिँदै जनप्रतिनिधिहरुले जनमुखी, विकासमुखी र आर्थिकमुखी भएकोले पालिकाले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।

पालिकाले आफ्ना पालिकाका जनताको जीवनस्तर उकास्नको लागि मुख्य तीनवटा आर्थिक विकासका बुँदाहरुको खाका तयार गरेको छ । आर्थिक विकासतर्फ कृषि, पशु, बैंक तथा वित्तीय संस्था, पर्यटन र वित्तीय व्यवस्थापन रहेका छन् ।

त्यस्तै, गाउँपालिकाले सामाजिक र सांस्कृतिक विकासतर्फ मुख्य १४ वटा नीतिलाई अगाडि सारेर बजेट तयार गर्ने निर्णय गरेको छ ।

सामाजिक र सांस्कृतिक विकासतर्फ शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, महिला विकास, बालबालिका, ज्येष्ठ नागरिक सम्बन्धी नीतिहरु रहेका छन् ।

त्यस्तै, आदिवासी, जनजाति, दलित सम्बन्धी नीति, अपाङ्ग सम्बन्धी नीति, यौनिक, लैङ्गिक अल्पसंख्यक, खस, आर्य सम्ब्न्धी नीति रहेका छन् ।

त्यस्तै, संस्कृति प्रवर्धन तथा सामाजिक उत्थान, सामाजिक मेलमिलाप तथा न्याय निरुपण, भूमि सम्बन्धी नीति र शान्ति सुरक्षा सम्बन्धी नीतिहरु रहेका छन् ।

Adv footer