२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापाका ४० जनालाई निःशुल्क सीप अभिवृद्धि तालिम


बिर्तामोड, असार ८ । स्विस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिने सीप अभिवृद्धि तालिम सुरु भएको छ ।

झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको जिम्मेवारी पाएको सो ६० घण्टे तालिमको संयोजन कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) झापा शाखाले गरेको हो ।

तालिममा सहकारी संस्थामा कार्यरत कम्प्युटर प्राविधकहरु २० जना र सहकारी पसल, डिपार्टमेन्ट स्टोर र मार्टहरुमा कार्यरत २० जना कर्मचारीहरुको सहभागिता छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, क्यानका पूर्व केन्द्रीय सचिव भूपेन्द्र मैनाली हेल्भेटास नेपाल इन्स्योर परियोजनाका प्रदेश संयोजक रेखा उप्रेतीले शुभकामना व्यक्त गरेका थिए ।

सदस्य गोपाल काफ्लेले तालिमको आवश्यकता र औचित्य प्रस्ट पार्दै स्वागत गरेका थिए भने उपाध्यक्ष लोकप्रिय खनालले सञ्चालन गरेका थिए । तालिमको अध्यक्षता क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाइँ पाठकले गरेकी थिइन् ।

Adv footer