२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

मदरसा तालिमुल कुरानका विद्यार्थीलाई बिर्तामोड नगरपालिकाको पोशाक


बिर्तामोड, असार ८ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ ।

आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गरिन् ।

कार्यक्रममा नगरप्रमुख प्रसाईंले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिइन् । पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उनले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गरिन् ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जाद, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको छ ।

Adv footer