२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित महिला पक्राउ


बिर्तामोड, असार ९ । झापाको कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका ४ कृषिमार्ग, नमुना टोलकी ४० वर्षीया बिमला चौधरी रहेकी छन् ।
आज दिउँसो अन्दाजी १२ः३० बजे इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले चौधरीको घरबाट १९५ ग्राम ब्राउनसुगर र २५० ग्राम गाँजा बरामद गरेको हो ।

लागूऔषधसहित चौधरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

Adv footer