२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

कोरोना संक्रमणबाट इलामकी महिलाको मृत्यु


बिर्तामोड, असार १० । कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेकी इलामकी एकजना महिलाको मृत्यु भएको छ । उनको सुरुमा बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भएको थियो ।

सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया सुनिता लामाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु अस्पतालले पुष्टि गरेको छ ।

लामाको शव अस्पतालले र्‍यापिङ गरी आफन्तलाई जिम्मा दिइएको प्रहरीले जनाएको छ । त्यसबारे जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गर्ने कार्य भइरहेको जनाइएको छ ।

ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्ता सिटी अस्पतालमा हिजो जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारको लागि उनलाई विराटनगर लगिएको थियो ।

पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी लामाको मृत्यु भएको छ ।

Adv footer