२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

कृष्णे खोलाले बगाएर बालकको मृत्यु


बिर्तामोड, असार १० । झापाको कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाले बगाएर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो ।

उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिँडेका थिए । घर फर्केर नआएपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो ।

उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।

शवको पोस्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मोरङ मंगलबारे पठाइएको छ ।

Adv footer