२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झन्डोत्तलन गर्दै औषधि व्यवसायी संघ झापाले मनायो स्थापना दिवस


दमक, असार १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले संघको स्थापना दिवसको उपलक्ष्यमा कार्यालयमा झन्डोत्तलन गरेको छ ।

आज झापाको दमकमा एक कार्यक्रमका बीच संघको ५२ औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय झन्डा र संघको झन्डोत्तलन गरिएको हो ।

झन्डोत्तलनअघि भएको संक्षिप्त कार्यक्रममा संघको साविक मेची अञ्चल शाखाका पूर्वअध्यक्ष राजेन्द्र ढकाल र झापा शाखाका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गौतम गुप्ताले शुभकामना व्यक्त गरेका थिए ।

संघका झापा अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव विष्णुप्रसाद पौडेलले गरेका थिए ।

संघको स्थापना २०३० सालमा भएको थियो र संघको संस्थापक अध्यक्ष पुष्प राजभण्डारी हुन् भने मेची अञ्चलका संस्थापक अध्यक्ष देवराज गुप्ता हुन् ।

Adv footer