२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

इस्ट होराइजनका एनसिसी क्याडेटको तालिमको प्रथम प्रवचन


बिर्तामोड, असार १० । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङसिला मोरङद्वारा सञ्चालित जुनियर डिभिजन ५१ औँ ब्याज एनसिसी तालिमअन्तर्गत इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयको प्रथम प्रवचन सम्पन्न भएको छ ।

प्रत्येक वर्ष विद्यालयले एनसिसी कार्यक्रममा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आएको कारण निरन्तर रुपमा यस कार्यक्रममा विद्यार्थीलाई सहभागिता गराउँदै आइरहेको छ ।

संस्थागत रूपमा ७९ दिन र वार्षिक सामुहिक क्याम्पमा २१ दिनसम्म सञ्चालन हुने यस तालिममा यस विद्यालयबाट जम्मा ३० जना विद्यार्थीहरू सहभागी छन् ।

कार्यक्रममा अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी प्राजु बस्नेतले युवामा अनुशासन, नेतृत्व क्षमताको विकास, इमान्दारी, वफादारी र राष्ट्रियभावको विकास गराउनु तालिमको मुख्य उद्देश्य रहेको बताए ।

विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल सञ्जीव राईले स्वागत गर्दै विद्याथीैलाई बधाई दिएका थिए ।

शिक्षक विकास ग्वालले सञ्चालन गरेको कार्यक्रममा खेलकुद समिति संयोजक धनकुमार राई, अनुशासन विभाग प्रमुख प्रेमनारायण डाँगी लगायतको सहभागिता रहेको थियो ।

Adv footer