
बिर्तामोड, असार ११ । झापाका पत्रकार तथा सञ्चारकर्मी महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य चयन भएकी छन् ।


बिर्तामोडमा आज भएको पाँचौँ अधिवेशनले बिर्तामोडकी आचार्यलाई संस्थाको छैटौँ अध्यक्षका रुपमा सर्वसम्मत चयन गरेको हो । उनी यसअघि गृहको सहसचिव रहिसकेकी थिइन् । हाल उनी कोषाध्यक्ष थिइन् ।

त्यस्तै, संस्थाको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत चयन भएका छन् ।

संस्थाको कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन भएका छन् ।
संस्थाको संस्थापक अध्यक्ष सावित्रा दाहाल हुन् भने त्यसपछि दाहाल, अम्बिका भण्डारी, भीमा शिवाकोटी अध्यक्ष बनेका थिए । हालकी अध्यक्ष रेजिना गौतम थिइन् ।


यसैबीच, संस्थाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको छ । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको हो ।

२०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो ।
