
बिर्तामेड, असार ११ । बिर्तामोडका अग्रज शिक्षासेवी हरिकुमार प्रसाईंको स्मृतिमा बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको व्यावसायी सदस्य राहत कोषमा सहयोग प्रदान गरिएको छ ।

बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमी र एभरेस्ट स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपलका रुपमा रहेका प्रसाईंको स्मृतिमा आज सहयोग प्रदान गरिएको हो ।

उनको स्मृतिमा विद्यालयका तर्फबाट प्रिन्सिपल देवेन्द्र हुमागाईंले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रिन्सिपल हुमागाईंले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरे ।

उनले संघले अत्यन्त राम्रो काम गरेको र आगामी दिनमा समेत बिर्तामोड उद्योग वााणिज्य संघसँग न्युटन्स स्कुल सहकार्य गर्न तयार रहेको बताए । प्रसाईंको तीन वर्षअघि निधन भएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी सदस्य राहत कोष वृद्धिका लागि सहयोग पुर्याएको भन्दै विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो ।

