२०८२ असार १२ बिहीबार
Jhapa Today
Adv top

कनकाई नदीको जलसतह बढ्ने पूर्वानुमान


बिर्तामेड, असार १२ । आगामी तीन दिनभित्र झापाको कनकाईसहित नेपालका प्रमुख नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू साथै कनकाई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै भए क्रमशः बढ्दै जाने देखिएको हो ।

जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको सूचनामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी बाढीको जोखिममा पर्ने क्षेत्रमा हुने गतिविधिहरू माछा मार्ने, नदी पार गर्ने, डुंगा प्रयोग गर्ने, खेतीपाती गर्ने आदि कार्यहरूमा सावधानी अपनाउन सुझाव दिइएको छ ।

महाशाखाका अनुसार वर्षा क्रमशः तीव्र हुँदै गएकाले जलस्रोतहरूमा एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावना रहन्छ ।

यस्तो अवस्थामा आकस्मिक बाढी आउन सक्ने जोखिमसमेत रहेको हुँदा स्थानीय प्रशासन, सुरक्षाकर्मी र विपद् व्यवस्थापन निकायलाई समेत उच्च सतर्कतामा रहन अनुरोध गरिएको छ ।

कनकाई नदीमा बाढी आउँदा शिवसताक्षी, गौरीगञ्ज र झापा गाउँपालिकाका स्थानीयबासीहरु बढी प्रभावित हुँदै आएका छन् । नदी आसपासका मानिस असुरक्षित रहँदै आएका छन् ।

Adv footer